हत्या आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले गत असार २८ गते भएको हत्या घटनामा आरोपीलाई पक्राउ गर्न सफल भएको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगन्ज ११ टाँगा स्टेशन नजिकै बस्ने इसाद कवडियालाई खुकुरी प्रहार गरी हत्या गर्ने अभियुक्त जगत सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक आयूष प्रसाद जोशीले जानकारी दिए ।

ठकुरीलाई प्रहरीले शनिबार राती १० बजे नेपालगन्ज वडा नं. ४ को एउटा गेष्ट हाउसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Exit mobile version