राष्ट्रियसभा सदस्यका लागि लुम्बिनीमा मतदान सुरु

नेपालगन्ज । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनीमा मतदान सुरु भएको छ । दुई सदस्य चयनका लागि लुम्बिनीमा मतदान सुरु भएको हो ।

घोराहीमा सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । यहाँ दुई सिटका लागि ६ जनाको उम्मेद्वारी परेको छ । एक महिला र एक अन्य सिटमा हुन लागेको निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेसकी बिष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी, एमालेका तुलसा केसी, झपेन्द्र घर्ती, राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बाल गोविन्द चौधरी प्रतिस्पर्धामा छन् । यो प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य र एक सय नौ स्थानीय तहका दुई सय १८ जना प्रमुख, उपप्रमुखले मतदान गर्ने छन् ।

Exit mobile version