जिल्ला प्रहरी कार्यालय बाँकेले तीन जनालाई लागुऔषध सहित पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार, लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज बाँके र इ.प्र.का. कोहलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बाँकेको बैजनाथ वडा नं. ७ बस्ने विजय चौधरीको घर कोठामा स–साना कालो तथा हरियो प्लाष्टिकमा पुडिया बनाई राखेको अवस्थामा लागुऔषध फेला परेको हो ।
प्रहरीले ११ ग्राम ४०० मिलि ग्राम ब्राउन सुगर सहित विजय चौधरी, विजय भारती थारु र रामेश्वर थारुलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।