बाँकेका प्रहरी जवान सम्पर्कविहीन

नेपालगन्ज । बाँकेका एकजना प्रहरी जवान सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुरमा कार्यरत महेन्द्रकुमार खड्का सम्पर्कविहीन भएका हुन् ।

उनी यही मंसीर २१ गतेदेखि कार्यालयमा हाजिर नभएका नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना जारी गर्दै जनाएको छ । उनको घर रुकुम पश्चिम सानीभेरी गाउँपालिका-११, हो ।

उनीसँगै सम्पर्कविहीन हुनेहरूमा तीनजना सहायक निरीक्षक (असइ), दुईजना सहायक हवल्दार र बाँकी १९ जवानहरू छन् । गैरहाजिर भएका २४ जनालाई नै सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको छ । यो अवधिमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।

Exit mobile version