कलेज पढ्दा १÷२ बर्ष साइकल चढे पनि म स्नातक पड्ने ताका नै जागिर सुरु गरेकोले मैले बाइक चढ्ने अवसर पाए । उ बेला बाइकमा कुद्न पाउँदाको शान मान अर्कै थियो । त्यस माथी पनि बाइकको लाइसेन्स पाउने कुरा सामान्य थिएन । मेरो उमेरको थोरै ब्यक्तिसँग लाइसेन्स हुन्थ्यो । सानो सवारी छोडेर ठुलो सवारी चड्न पाउदाँ जो पनि खुशी हुन्छ मानवीय स्वभाव पनि हो । मलाई पनि त्यस्तै लाग्यो । समय चक्र फेरियो ।
मध्य पश्चिम विश्व विद्यालयमा म अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विषयको विद्यार्थी थिए । साथी सतिस निरौलाले साइकल लिएर सुर्खेत जाने र उतै चलाउने योजना सुनाए । म सग साइकल थिएन । उनै निरौलाले पत्रकार दामोदर भण्डारीसँग साइकल रहेको कुरा सुनाए । मेरो मित्र अनि छिमेकी पनि भएको नाताले उनले मलाई साइकल र हेलमेट दिए । गाडीमा साइकल राखेर हामी सुर्खेत स्थित सिदार्थ भ्यु होटलमा गयौं । परीक्षा दिन जाँदा साइकल चडेर जाने अनि बिहान बेलुका साइकलमा सुर्खेत घुम्ने गरियो । सुर्खेत कै मध्य पश्चिम विश्व विद्यालयका प्राध्यापक तेज बिक्रम बस्नेत गोपाल शाही लगायतको टिम बनाएर घुम्ने काम भो । पछि नेपाली सेनाको कर्नेल झुलेन्द्र बस्नेत लगायतको टिमसँग मिलेर सुर्खेतमा भ्याली राइड समेत गरियो ।
नेपालगन्जमा क्लबमा आबद्ध भएर चलाउन सुरु भो । बाइक चलाएर जिवनमा न घुमेको बाँके जिल्ला साइकल मै घुमियो । दैनिक ३० किमी र शनिवार १०० किमि सम्मको राइड साइकल राइड गरियो । कोरोनाको समयमा समेत गाउँगाउँ साइकलमा घुमियो ।
अनि साइकललाई व्यवसायिक रूपमा साइकल चलाउन क्लबको नेतृत्वमा बसेर अन्य गतिविधिमा समेत सरिक हुन थालियो । टुर दि ठाकुरद्वारा पहिलो संस्करण गर्ने कुरा साथीहरूले क्लबमा गर्नु भयो तर प्रायोजक पाइएको थिएन । म एक दिन साइकल चलाएर हिड्दै गर्दा मित्र दामोदर भण्डारी भेटिनु भो । मैले साइक्लिङ्ग योजना सुनाए । उहाँले आफ्नो पत्रिकाको नामामा सदभाब टुर दि ठाकुरद्वार गर्ने भनी टाइटल स्पोनसरको जिम्मा लिनु भो । अन्तत पहिलो टुर दि ठाकुद्वारा सफल भो । उहाँकै हौसलामा दोस्रो पनि सुुरु गरियो । अनि तेस्रो हुदै सातौमा पुगियो ।
साइकलमा सयौ रमाइलो किस्सा छ ।
![](https://dainiknepalgunj.com/wp-content/uploads/2025/02/A-1024x576.jpg)
कथा –०१
साइकलसँगै पुस्कर शाहको नाम धेरै पटक सुनियो । साइकिलिष्टका एक आदर्श पुरुष कस्ता होलान भन्ने जिज्ञासा मनमा थियौ नै । टुर दि ठाकुरद्वाराको पहिलो संस्करणमा उहाँलाई बोलाउने कुरा भयो । उहाँ नेपालगन्ज आउने कुरा ले म लगायत धेरै साइकिलिष्ट खुशी भयौ । सारै सरल मिजासिलो हासि रहने हसाई रहने टाइपको हुनु हुदो रहेछ । मेरो दिमागमा सन्सार भरी साइकल चलाउने र सगरमाथा चढ्ने पुस्कर शाह कुनै पहलमान झै होलान् भन्ने लागेको थियो । तर सामान्य कदको कुनु हुदो रहेछ । उहाले देखेर ज्यान ले हैन आट र हिम्मत ले साईकल चलाईदो रहेछ भन्ने लाग्यो ।
कथा– ०२
पुस्कर दाई सग भरखर मात्र चिनजान भएको थियो । उहाँले मन्सराको नाम बारम्बार लिनु हुन्थ्यो । सोच्थे श्रीमती को नाम होला । ३ सालपछि थाहा पाए उहाँ अविवाहित हुनु हुँदो रहेछ । उहाँको भर्चुअल प्रेमिका मनसरा मेरो दिमागमा बस्यो । सोचे यो बिसयमा कथा लेख्न पाए गज्जब भाईरल होला तर कथाको पल्ट धेरै पटक सोच्दा नि दिमागमा आएन । कसरी जोड्ने यी दुईलाई । आमा बिरामी भएर म नर्भिक अस्पताल मा आमाको बेड नजिक सुतेको थिए । मेरो सानो बैनी, आमा र म तीनजना सानो अनि महँगो नर्भिकको क्याबिनमा थियौ । म आमाको स्वस्थ्य ले चिन्तित थिए । मोबाइल चलाउँदै जाँदा मलाई मनसराको प्लट फुर्यो । मनसरा नाम प्राय कर्नाली प्रदेश तिर चलन चल्तीमा छ । पुस्कर दोलखाको अब कसरी प्रेमील कथा बनाउने ? उ बेला युवा मन्च भन्ने पत्रीका का मा फोटो छापेर पत्रमित्र बन्ने चलन थियो । त्यसैमा जोडेर दुई जनाको प्रेम सम्बन्ध बनाए । अनि लेखे कथा । शिलापत्र अनलाईनमा छापिएको कथा खुब मन पराईयो । तेस्रो भाग सम्म लेखे ।
कथा –३
एक पटक सुर्खेत देउराली जाने साइकलमा जाने योजना बन्यो । गगन थापा निरज कार्की र म नेपालगन्ज बाट हिड्यौ । कोहलपुर मा वाटर ब्रेकपछि हामी उत्तर तिर लाग्यौ ।चिसापानी आर्मी ब्यारेक हुँदै उकालो लाग्यौ । पन्ध्र खोला को बाटो अलि कठिन छ । म साथीहरूलाई छोडेर अगाडी बढे । मेरो रणनीति कछुवा पाराको थियो । बिस्तारै बाटो काट्ने । बाकी साथी भन्दा म अगाडि पुगे देउराली । साथी आउन ढिला भएकाले म ठुलो ढुङा रहेछ त्यसमाथि सुतेर साथी पर्खन लागे । पछाडि बाट ट्रर्क बिस्तारै भारी सहित उकालो चड्दै थियो । ट्रर्कको सहचालक मलाई देखेर हास्यौ । उसले सोच्यो होला सयौ हर्स पावरको ट्रक यो उकालो चड्न सकेको छैन यो साईकल लिएर आएछ भनेर खिसी टाईपले हास्यो । मेरो जाईन्ट कम्पनी को साईकलमा त्यसको ट्र्क फल्प खुएआउने शक्ति थियो । बिचारालाई ज्ञान थिएन ।
कथा–०४
एक पटक नेपालगन्ज कोठियाघाट नेपालगन्ज साइक्लिङ गर्ने योजना बन्यो । असारको गर्मी तर पनि हिम्मत गरियो । पप्पु दाई रमेशमामा सतिस निरौला लब जी थुप्रै साथी कोठिया घाट हिड्यौ । जाँदा पुगे पनि आउन गारो भो । जति डिहाड्रेसन ले गर्दा ओठ तालु सुक्यो ।बल्ल बल्ल नेपालगन्ज आइपुगियो ।
कथा –०५
कोरोनाको समय थियो । काम खासै न हुने खुब साइक्लिङ गरिन्थ्यो । एक पटक नरैनापुर जाँदा मित्र बिनय दिक्षितले सन्तानेश्वर महादेवको बारेमा बताउनु भएको थियो । उहाको सल्लाह बमोजिम ठुलो सख्याको साईकिलिस्ट नरैनापुर गयौ । बाटो बिराएर जङल खोला भिर चड्दै अन्त सन्तानेस्वर पुगियो । बाबा दिब्य दर्शी ले भर्खर मन्दिर जाने बाटो बनाउदै हुनु हुन्थ्यो । हामी खाना पानी बिना हायल कायल अबस्थामा पुगेक थियौ । साना खरको छाप्रो बनाएर तपस्या गरेर बसेक सन्तले हामीलाई खाना खाएर जान भन्नु भो । साधुको करुणा कत्रो । झण्डै १ दर्जन मानिसलाई खाना खुवाउनु भो । थाल नहँुदा समेत जङलको पातमा खाना खादाको आनन्द बयान गरि न सक्नु थियो ।
आज पर्यन्त सम्म बाबा सन्तानेश्वर सग नजिकको सम्बन्ध साईकलले बनायो । यसरी साइकलमा थुप्रै यादहरू रहेका छन । तराईमा साईकल जीविकोपार्जन सहयोगी साधनको रूपमा रहेको छ । गरिबको पजेरो ट्याक्टर सबै साइकल नै हुन भने करोडको गाडी चड्ने समेत लाखको साइकल चड्ने भए । साइकल शारीरिक मानसिक वृद्धि बिकासको लागि ठुलो सहयोगी बनेको छ । ब्यक्तिगत रूपमा म पनि धेरै ठाउँ घुम्ने अवसर पाए साथे देश बिदेशका साईकिलिष्ट चिन्ने मौका पाए । सचिव वरिष्ठ उपाध्यक्ष जस्ता पदमा बसेर नेपालगन्ज साइक्लिङ क्लबको पधाधिकारी बन्ने अवसर पाए ।