कर्णालीमा मतदान सम्पन्न

सुर्खेत । राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ । कर्णालीमा स्थानीय तह र प्रदेश गरेर एक सय ९६ जना मतदान छन् । प्रदेशसभाका ४० तथा स्थानीय तहका एक सय ५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्णालीमा स्थानीय तहका मतदाताको मृत्यु भएकाले मतदाताको संख्या एक सय ५६ भएको हो । राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा तीन पदका लागि निर्वाचन भएको छ । कर्णालीमा दलित, महिला र अन्यतर्फ गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णुबहादुर विक (कालीकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी छन् । भने एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।

सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार सात सय ७९ मतभार संख्या छ भने एमालेको मतभार संख्या एक हजार एक सय ९५ छ ।

Exit mobile version