बाल सुधार गृहमा परामर्श

बालसुधार गृह नौबस्ता बाँकेमा एक दिने प्रजनन स्वास्थ्य, मानसिक समस्या तथा कानूनी परामर्श कार्यक्रम सम्पन्न भएको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले बैंकको सत्रौं बार्षिकोत्सबको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैजनाथ गाउपालिका ३ नौवस्तामा रहेको नौवस्तामा रहेको बालसुधार गृह नौवस्तामा एडभोकेसी फोरम नेपाल तथा बालसुधार गृह नौवस्तासंगको सहकार्यमा २०८१ फागुन ८ गते कार्यक्रम सम्पन्न गरेको हो ।

सुधार गृहमा रहेका बालकहरूमा मनोसामाजिक समस्यामा परेको, बढीजसो बालकहरू करणी सम्बन्धी कानूनी बिवादमा परेको र सजाय छुट लगायतका बालन्यायका बारेमा बालकहरूले जान्न उत्सुक रहेकाले बालकहरूलाई प्रजनन स्वास्थ्य, मानसिक समस्या तथा कानूनी परामर्श दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

बालसुधार गृह नौवस्ता बाँकेमा हाल १०९ जना कानूनी बिवादमा परेका बालकहरू रहेका छन् । जसमा ए ब्लकमा ९० जना र बि ब्लकमा १९ जना बालकहरूलाई राखिएको छ । बालसुधार गृह नौवस्तामा बिशेष गरि १८ बर्ष माथीमा मुद्दा फैसला भैसकेका कानूनी बिवादमा परेका बालकहरूलाई राखिएको छ ।

कार्यक्रममा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले कार्यक्रम उदेश्य माथी प्रकाश पार्दे बालन्यायका सम्बन्धमा भएका कानूनी प्रावधानका बारेमा सहजिकरण गरेका थिए ।

भेरी अस्पताल नेपालगंजका अस्पताल नर्सिङ्ग निरिक्षक बसुन्धरा ज्ञवाली, रुम कुमारी थनेतले मनोसामाजिक परिवर्तन, प्रजनन स्वास्थ्यका बिभिन्न पक्षहरूका बारेमा प्रशिक्षक दिएका थिए ।

प्रशिक्षकमा प्रजनन स्वास्थ्य, किशोर अवस्थामा हुने शारिरीक मनोसामाजिक र ब्यवहारिक परिवर्तनहरू, किशोर अवस्थाको मानसिक समस्या र स्वास्थ्य समस्या र समाधानका उपायहरू, हिंशाबाट बच्ने उपाय लगायतका सवालमा प्रशिक्षक दिईएको थियो ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड नेपालगन्ज शाखाका प्रबन्धक उमेश ज्ञवालीले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कानूनी बिवादमा परेका बालकहरूलाई मनोसामाजिक, प्रजनन तथा कानूनी परामर्श दिईएको बताए ।

कार्यक्रममा योग, ध्यान, प्राणायम, रिल्याकसेसनन, खेल, कथा नृत्य लगायतका तनाव ब्यवस्थापनका बिधि अभ्यास गराईएको थियो । प्रशिक्षण कार्यक्रमले तनाव कम गर्न मद्धत पुगेको बालकहरूले बताए । मनोसामाजिक, प्रजनन तथा कानूनी परामशका माध्यामबाट आफुले धेरै कुरा कुरा सिकेको उल्लेख गर्दै बालकहरूले एकै ठाउँमा बसी रमाईलो वातावरणमा तनाव कम गर्ने बिधि सिकिएकोले कार्यक्रम उपलब्धीपुर्ण रहेका बताएका थिए ।

प्रशिक्षकका क्रममा कानूनी बिवादमा परेका बालकहरूले कानूनले बालन्याय कार्यबिधिको पालना हुन नसकेको, कानूनले सजाय स्थगन तथा सजायको छुट दिए पनि सो अनुसारको सुबिधा पाउन नसकेको गुनासो गरेका थिए । बालकहरूले मुद्धाको सुनुवाई ढिलाई हुँदा आफुहरूको बालकहरूमा लामो समयसम्म थुनामा बस्नु परेको, बालसुधार गृहमा सुधारका पुर्वाधार नभएका कारण तनावमा दैनिकी ब्यतित गर्नु परेको भनी गुनासो गरेका थिए । बालसुधार गृह नौवस्ताका प्रमुख श्याम बहादुर रानाले पहिले पटक सुधार गृहमा मनोसामाजिक,प्रजनन कार्यक्रम संचालन गरेकोमा धन्यवाद दिदै कार्यक्रमले बालकहरूलाई तनाव ब्यवस्थापनमा मद्धत पुगेको बताएका थिए ।

कार्यक्रममा बालकहरूले कानूनी परामर्श र तनाव ब्यवस्थापनका यस्ता कक्षाको निरन्तर हुनु पर्ने बताए । एडभोकेसी फोरम समक्ष बालकहरूले शैक्षिक सहयोग, अग्रेजी भाषा शिकाई, बिज्ञान, अग्रेजी साईन्सको कक्षा संचालन, खेलकुद सामाग्री पाठ्य सामाग्री सहयोगका लागी अनुरोध गरेका थिए ।

कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड नेपालगंज शाखा प्रवन्धक उमेश ज्ञवाली, ऐ. कर्जा शाखाका पंकज गुप्ता, ग्राहक सेवा बिभागकी जोन्शीका शर्मा, बैंकका कोहलपुर शाखा प्रवन्धक तुलाराम जोशी, कर्जा शाखाका सन्जय चौधरी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालसुधार गृहमा नौवस्तामा रहेका ८० बढी कानूनी बिवादमा परेका बालकहरूका साथै बालसुधार गृहका कर्मचारी तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रम पश्चात वाल कैदि बन्दीहरूले कार्यक्रम लाभदायक रहेको प्रतिक्रिया दिएका थिए ।

Exit mobile version