आदर्श माविले आफ्नो २५औं बार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भव्य कार्यक्रम गरी मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको बार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थीदेखि अभिभावक समेतलाई सम्मान गरिएको थियो ।
विद्यालयले विद्यार्थीहरूको जीवनकलालाई उजागर गर्ने गरी फुड फेष्टिबलदेखि सांस्कृतिक कार्यक्रमहरू समेतको आयोजना गरेको प्राचार्य महेश्वर जोशीले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डका प्रमुख हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव समारोहमा विद्यालयका एकेडेमीक एडभाइजर प्रकाश लामिछानेले बार्षिकोत्सवमा विद्यार्थी बालबालिकाका उपलब्धिलाई उजागर गर्ने उत्सवका रूपमा लिइएको बताए । शैक्षिक र अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई बराबर ढंगले सहभागी गराउँदै आदर्शले विद्यालयको
शैक्षिक क्यालेण्डर तयार गरेको प्राचार्य जोशीले जानकारी दिए ।
