कर्णालीमा पनि गठबन्धकै उम्मदवार विजयीनेपालगन्ज ।

कर्णालीमा पनि गठबन्धकै उम्मदवार विजयी
नेपालगन्ज ।
राष्ट्रियसभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ दैलेखकी सावित्री मल्ल, दलित समूहतर्फ कालिकोटका विष्णु विक र अन्य समूहतर्फ रुकुम पश्चिमका कृष्णबहादुर रोकाय विजयी भएका छन् ।
मल्ल एकीकृत समाजवादीकातर्फबाट, विक माओवादी केन्द्रकातर्फबाट र रोकाय नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बनेका थिए ।
प्रदेशसभाका ४० सांसद मध्ये महिलातर्फ गठबन्धनकी मल्लले २९ मत प्राप्त गरिन् भने स्थानीय तहतर्फ ११५ मत प्राप्त गरिन् । प्रतिद्धन्द्धी नेकपा एमालेकी उम्मेदवार हुम्लाकी विमला शाहीले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ४१ मत प्राप्त गरिन् ।
यस्तै दलित समूहतर्फ गठबन्धनका उम्मेदवार विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे । प्रतिद्धन्द्धी एमाले उम्मेदवार दैलेखका हिक्मतबहादुर विकले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे ।
अन्यतर्फ गठबन्धन दलका उम्मेदवार रोकायले प्रदेशसभातर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी एमाले उम्मेदवार मुगुका डिल्लीप्रसाद भट्टले प्रदेशसभातर्फ १० र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे ।
कर्णाली प्रदेशसभाका ४० मतदाता मध्ये एमालेका १० छन् भने गठबन्धनका २९ मतदाता छन् । यस्तै राप्रपाका एक मतदाता छन् । राप्रपाले एमाले उम्मेदवारलाई सघाएको थियो । स्थानीय तहतर्फ एमालेका ३५ मतदाता हुन् । गठबन्धनका स्थानीय तहका ६ जना मतदाताले महिलातर्फ एमालेलाई भोट दिएको देखिन्छ भने दलित र अन्यतर्फ गठबन्धनका एक–एक जनाले एमाले उम्मेदवारलाई भोट दिएको देखिन्छ । यस्तै अन्यतर्फ प्रदेशसभाका एक सदस्यले गठबन्धनलाई भोट दिएको देखिन्छ ।

Exit mobile version