सहायक वन अधिकृत घुस रकमसहित प्रकाउ

नेपालगन्ज ।
सव-डिभिजन वन कार्यालय राँझाका सहायक वन अधिकृत नारायण पार्देल घुस रकमसहित प्रकाउ परेका छन् ।
काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै वन अधिकृत पार्देले सेवाग्राहीबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएकाे हाे ।
सात हजार घुस लिएको अवस्थामा र बाँकी ४५ हजार ९७५  स्रोत नखुलेको रकमसहित उनलाई नियन्त्रणमा लिएको अख्तियारले बताएको छ । नियन्त्रणमा लिएर उनीमाथि  थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

Exit mobile version