नेपालमा पश्चिमी आदर्शका ठेकेदारहरुले जतिसुकै लगानी लगाएर र खेताला पालेर नेपालको मूल कुल धर्म सँस्कति भाषा सभ्यता माथि बिषवमन गराउने अभियान नै चलाएपनि नेपालीको आस्था यति सजिलै मर्दैन भन्ने कुरा भर्खरै भारतमा ४९६ बर्षको प्रतिक्षा, धर्यता र सघर्ष पछि आफ्नो मूलस्थानमा स्थापित भएको भगवान श्रीरामको मन्दिरले प्रष्ट पारेको छ ।
भारतको संविधानको मूल प्रतिको पहिलो पन्नामा नै भगवान रामसीता लक्ष्मण र हनुमानको तस्वीर राखिएको कुरा भारतीय सँस्कृतिको वैधानिकीकरण हो । भारतीय स्वतन्त्रता आन्दोलनले जन्माएको द्धिराष्ट्रिय राष्ट्रको सिद्धान्तका आधारमा धार्मिक आधारमा नै इस्लामिक राष्ट्र पाकिस्तान र हिन्दूराष्ट्र भारत बनाउने भनिएको थियो । तर त्यो बेला नै भारतमा “गजवा ए हिन्द” (भारतलाई कालान्तरमा इस्लामिक राष्ट्र बनाउने पाकिस्तानी इस्लामिस्टहरुको एजेण्डा) र भारतमा अन्तहीन धार्मिक द्धन्दको बिजारोपण गर्ने अँग्रेजी एजेण्डाका कारण भारत हिन्दुराष्ट्र« त बनेन तर संविधानको पहिलो पन्नामा नै भारतीय आस्था प्रतिबिम्बित भने भयो । त्यसको ७५ बर्षपछि अनेकौं बाधा व्यवधान, रोकटोक, विदेशी आक्रान्ताहरुका सबैखाले षडयन्त्रहरुलाई चिर्दै भगवान श्रीरामको जन्मस्थलीमा मन्दिर बनाएर भारतीय सँस्कृतिलाई पुर्नजिवित गराइयो । यो घटना सामान्य हुँदै होइन । यो भारतीय सँस्कृतिको पुर्नजागरण हो । हिन्दु सनातनको गुमेको प्रतिष्ठाको थापना हो । सनातनमाथिको हजारौं बर्षको आक्रमणले पनि सनातन मर्दैन भन्ने साक्ष्य हो ।
एक हजार बढि बर्षसम्म सन् ७१२ देखि १७५६ सम्म झण्डै एक हजार बर्र्षको विदेशी इस्लामिक आक्रान्ताहरुको अत्याचार, सन् १७५७ देखि १८५७ सम्मको अँग्रेज लुटेराहरुको इस्ट इण्डिया कम्पनीको लुटपाट र सन् १८५८ देखि सन् १९४७ सम्मको ब्रिटिश राजको दासताबाट भारतीयहरुले मुक्ति पाउन सकेनन् । भारतीय स्वतन्त्रताको झण्डै साठी बर्षसम्म पनि भारतीयताको मुलकुल धर्म सँस्कृतिमाथि कहिले कश्मीरमा त कहिले पूर्वोत्तर राज्यमा त कहिले उत्तर र मध्य भारतमा निरन्तर आक्रमण भै नै रह्यो । स्वतन्त्रताको छ दशकसम्म पनि आफ्नो मुलकुल धर्मसँस्कृतिमा रमाउन र ढुक्कसँग गर्व गर्न पाउने अवस्था नआउनु भारतीय सनातनीहरु माथि भएको ज्यादती नै थियो ।
भारतमा इसाको आठौंैंैं शताब्दी (सन् ७१२ ) मा नै साउदी सेनाको कमाण्डर रहेको इस्लामिक आक्रान्ता मोहम्मद कासिमले आक्रमण गरेको थियो । उसले त्यो बेला सिंधका हिन्दु राजाको हत्या गरेर त्यहाँ इस्लामिक शासन कायम गरेको थियो । त्यसयता टर्कीबाट आएको आक्रान्ता मोहमम्द गजनवीले पनि भारतीय अस्मिता माथि आक्रमण गरेर शासन गर्यो । इसाको १२ औं शताब्दीमा सन् ११७३ तिर तत्कालिन भारतका बिभिन्न राज्य (हालको पाकिस्तान) देखि हालको दिल्लीसम्म पनि आफ्नो शासन स्थापित गर्न अफ्गानिस्तानमा जन्मेको आतातायी शासक मुहम्मद घोरी सफल भएको थियो । तर उसको शासन दक्षिण भारततिर भने पुग्न सकेन । किनकि तत्कालीन मराठा शासक पृथ्वीराज चौहानसँग उ १७ पटकसम्म हारेको थियो ।
उनीहरुको ज्यादतीको पराकाष्ठा त्यतिबेला भयो जब आजको उज्बेकिस्तानमा जन्मेको जहिर उद दीन मोहम्मद (बाबर) ले भारतमा आफ्नो वंश शासनको स्थापना गर्यो । जसलाई भारतीय इतिहासमा मुगल वंशीय शासन पनि भनिन्छ । बाबर उज्बेकिस्तानको शासक तैमुर लङको नाति थियो । उसले भारतका बिभिन्न राजारजौटाहरुको हत्या गर्ने, भारतीय धर्मसँस्कृति मास्ने, त्यहाँका मठमन्दिर चैत्यगुम्बा र हिन्दू परम्परामा आधारित पाठाशाला गुरुकुलहरुको विनाश गर्ने गरेको थियो । उसले त्यहाँको धरोहरहरु भत्काएर इस्लामिक थिति बसाल्न जस्तोसुकै कुकर्म पनि गरेको थियो । यसको यस्तो गतिविधीलाई उर्दू र अरबी भाषामा बाबर भनिने हुँदा जंगलको राजा शेरको जस्तो हिँसक रुपमा काम गरेर काफिर (गैर इस्लामीहरु) लाई ध्वस्त पारेकै कारण उसको नाम बाबर भएको हो ।
इस्लामिक आक्रान्ता बाबरका सन्तानले भारत अँग्रेजबाट स्वतन्त्र नहुन्जेलसम्म शासन गरे । बाबरका सन्तानहरु हुमायुँ, अक्बर, जाँहगीर, शहाजहाँ र अरेङ्गजेबहरुले शासन गर्दैगर्दा भारतको सनातन पद्धति नै निकै दयनीय अवस्थामा पुर्याइएको थियो । बाबरका सन्तान अकबरलाई अँग्रेजहरुले “दी ग्रेट” बनाइदिए भने उसका सन्तानहरुलाई भारतको स्वतन्त्रता पछि पनि भारतीय इतिहासमा पढाइने पात्रहरु बनाइए । उनीहरुका नाममा भारतको केन्द्रिय शासनको वरिपरि नै सडकहरु नामाकरण गराएर उनीहरुको आतातायी व्यवहार हिन्दुहरुले सम्झिरहने बनाइयो । यो भारतीयता माथिको मानसिक आक्रमण थियो ।
इस्लामिक आक्रान्तहरुले चीनमा पनि आफ्नो जालो फैलाएको पाइन्छ । मङ्गोलियाको शासक जँगेज खानले उत्तरतिरबाट आक्रमण गर्दै चीनको धेरै ठाउँमा इस्लामिक शासन बनाएको पाइन्छ । यसमा उसको दरबार र सेनामा काम गरेका चीनका उइङगुर समुदायका व्यक्तिहरु मार्फत धर्मान्तरण गराउने र त्यहाँ इस्लामको स्थापना गरेको इतिहास पढ्न पाइन्छ । चीनले आफ्नो मुलकुल धर्मसँस्कृति माथि भएको जँगेज खानको आक्रमण र माओको जँगेज प्रवृतिलाई हुर्काउने साँस्कृतिक क्रान्तिको गल्ती सच्याउनमा धेरै ढिलो गरेन । चीनले उइँगुरहरुलाई चीनिया साँस्कृतिक “भर्जन” मा ढालिरहेको छ । आज चीनमा जँगेज प्रवृति निस्तेज छ । अनि त्यहाँ जुनसुकै वाद भएपनि विदेशी वाद छैन । आफ्नै मौलिकतामा आधारित आफ्नै मुलकुल धर्मसँस्कृतिमा आधारित साँस्कृतिक बाटोमा चीन हिँडिरहेको छ ।
भारतलाई चीनको जस्तो अवसर त जुरेन । धर्मको आधारमा बाँडिएको देशमा पनि गैर हिन्दुहरुलाई ससम्मान बसाएर गरिएको गल्ती र पछि लोकतन्त्रको नाउँमा उनीहरुको तुष्टिकरणले भारतका सनातनीहरु सधैं आक्रमणमा परि नै रहे । आफ्नो मुलकुल धर्म सँस्कृति मान्दा र यसमा गर्व गर्दा लज्जित हुनु नपर्ने अलिकति आशा र भरोसा बनेको सन् २०१४ मा नरेन्द्र मोदीको शासन आएपछि मात्रै हो भन्दा हुन्छ ।
नेपालमा पनि भारतको बंगालको सेना जनरल समसुद्धीन इलियासले आक्रमण गरेको थियो । सिम्रौनगढ र तिरहुत जितेपछि उपत्यकामा पनि कब्जा गर्ने योजना उ बेला खसठकुरी र तिरहुतको संयुक्त मोर्चाले सफल हुन दिएन । तर बडामहाराज पृथ्बीनारायण शाहलाई उपत्यका छिर्न र त्यहाँ शासन गर्न नदिन निम्त्याइएका अँग्रेजका पादरीहरुलाई स्थापित गराउने प्रयास भने भएको थियो । बडामहाराज धिराज श्री ५ पृथ्बीनारायण शाहको दुरदर्शिता र नेपाललाई विदेशी विधर्मी आक्रान्ताहरुबाट चोखो राख्ने दृढ सँकल्पका कारण पादरीहरु लखेटिए र नेपाल विदेशी विधर्मीको कुकिर्ते र आक्रमणबाट बच्न सक्यो । उ बेला भगाइएका इसाइ मशिनरीका कारिन्दाहरु नेपालको भूगोलबाट त निक्ले तर भारतमा अँग्रेज शासन रहेको हुँदा उनीहरुलाई नेपालको पूर्वी सीमा नजिक दार्जिलिङ डुबर्समा स्थापित गराएर नेपालमा साँस्कृति आक्रमण गर्न झन सक्षम र शक्तिशाली बनाइयो ।
भारतको नेपाली भाषी क्षेत्रमा इसाइ मशीनरी मार्फत भाषिक सामिप्यता गराउने, बिभिन्न शैक्षिक कार्यक्रममा आर्कषित बनाउने र नेपाली भाषामा पनि बाइबल बनाएर उनीहरु मार्फत नेपालमा घुसाइयो । नेपालका “एलिड” वर्गका सन्तानलाई दार्जिलिङमा पढाउन लगाउने र उनीहरु मध्येबाटै इसाइ मशीनरीको नेपालमा विस्तारको बाटो समाइयो । यस्तै मध्ये काठमाण्डौंका रैथाने नेवार समुदायका मानिसहरुलाई प्रयोग गरेर धर्मान्तरण गराउने र नेपालमा पनि शिक्षा र स्वास्थ्यको क्षेत्रबाट आफ्नो जरा गाड्ने काम भयो ।
आम नेपालीमा धेरै लामो समयसम्म पनि मशीनरीको चालको कुनै थाह भएन या चासो पनि भएन । जब राजा महेन्द्रको उत्तरार्ध भयो त्यसपछि शासकीय योजना अन्र्तगत नै मशीनरीहरु प्रवेश गरे । बिक्रम संवत २०२८ सालमा नै लर्डमेकालेको शिक्षा पद्धति अँगालियो । विक्रम संवत २०३५ सालतिरबाटै इसाइ मशीनरीबाट सञ्चालित अस्पताल, विद्यालयहरु खोलिए ।
नेपालमा राजनीतिक तरलता कायम गर्दै कलकत्ताबाट इसाइ मशीनरीलाई नै टेवा पुग्ने माक्र्सवाद लेनिनवाद जस्ता राजनीतिक सिद्धान्तका चेलाहरु तयार गरेर नेपाल भित्र्याइयो । उनीहरुलाई गाउँगाउँमा नेपालको मुलकुल धर्मसँस्कृति नेपालका रैथाने पूजा पद्धतिहरुमा टिकाटिप्पणी गर्ने, सोझासाझा जनतालाई परिवर्तन र आधुनिकताको सपना देखाउँदै आफ्नो मुलकुलबाट बिमुख गराउने अभियान चलाइयो । रैथाने धर्म भनेको अफिम, रैथाने सँस्कृति भनेको अविकसित विकासको बाधक र पाखण्डीपन हो भन्ने सिकाउन थालियो । यहाँसम्म आइपुग्दा भारतमा एक हजार बर्षभन्दा पनि बढि विदेशी विधर्मी आक्रान्ताहरुले आक्रमण र शासन गर्दा समेत पवित्र रहन सकेको नेपालको मौलिक धर्मसँस्कृति पुरै मैलिन गयो ।
विक्रम संवत २०४६ सालको परिवर्तन र त्यसपछि भएका बिभिन्न परिवर्तनहरुले नेपालको मौलिक “भर्जनिटी” लाई पुरै तहसनहस नै बनाइदियो । यसका ठूला मतियारहरु नेपाल आमाका आफ्नै कपुतहरु भए । नेपाललाई परिवर्तनको नाउँमा नेपालको मुलकुल धर्मसँस्कृति बिमुख बनाउने विगत तीनसय बर्षको विदेशी विधर्मी आक्रान्ताको मुख्य मैदान बनाउँदै धर्मनिरपेक्षता घोषणा गरेर नेपालको मुल आस्था माथि नै आक्रमणको नयाँ अध्याय शुरु गरियो । त्यो शुरु गरेको पनि आज आठ बर्ष पुगेको छ । त्यसयता आफ्नो मुलकुल बचाउन उठेका धेरै नेपालीका ज्यान गएका छन् । रैथाने आस्था माथि हजारौं आक्रमणहरु भएका छन् ।
आफ्नो आस्थाको कुरा गर्ने नेपालीलाई यहाँका मिडियाहरु, यहाँका कथित प्रगतिशील विद्धानहरु, लेखकहरु, अकिारकर्मीहरु, शिक्षाविदहरु, राजनीतिक पार्टी र यिनका नेता कार्यकर्ताहरु, आइएनजिओको कलो खानेहरु आदिबाट पटकपटक आस्थाका घाइते बनाइएको छ । आस्थामा आक्रमण गरेर लखेटिएको छ । आफ्नो मुलकुल धर्मसँस्कृति भाषा सभ्यता र मौलिकतालाई माया गर्नेहरुलाई पश्चगमनकारी, प्रतिगमनकारी, अतिवादी जस्ता वाहियात शब्दावलीले गाली गर्ने भाष्य नै निर्माण गरिएको छ । घरघरमा पुगेर आर्थिक प्रलोभन र राज्यका सेवासुविधाका समेत कुरा गरेर आस्थामाथि आक्रमण गरिएको छ । अबोध बालबालिकाहरुका कोमल दिमागमा आफ्नो सँस्कृति बिमुख गराउने योजना र खाने लाउने देखि श्रव्य दृश्य उत्पादनहरु पुर्याएर अबोध दिमागमा आक्रमण गरिएको छ । कहिलेसम्म यसरी रैथाने आस्था माथि आक्रमण भैरहने हो ? प्रश्न आज पनि जिउँदै छ ।