नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड

संयुक्त राज्य अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ।

अन्ठाउन्न वर्षीय स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो।

उनलाई एलाबामा राज्यले तोकेको मृत्युदण्डको अवधि स्थानीय समयानुसार शुक्रवार सकिन लागेको थियो।

सन् १९९६ देखि मृत्युदण्ड कुरिरहेका स्मिथले यो साता बीबीसीलाई उक्त पर्खाइ यातनापूर्ण भएको बताएका थिए।

अमेरिकामा मात्र नभई संसारभरिमै नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिइएको यो पहिलो घटना हो।

Exit mobile version