प्रधानमन्त्री दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानबीच शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उनीहरुबीच भेटघाट भएको हो । उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए । उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

Exit mobile version