विकास निर्माणका काममा सरकार असफल भएको नेकपा माओवादी केन्द्रका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् । बागलुङमा भएको कार्यक्रममा उनले जनताका अपेक्षा विकास निर्माण भए पनि सरकारले जनताको अपेक्षानुसार काम गर्न नसकेको बताए ।
उनले राजश्व सङ्कलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए । आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी सङ्गठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए । राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गरे ।