कांग्रेस महामन्त्री गगन थापा बाँके र बर्दिया आउँदै

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बाँके, बर्दिया र दाङमा आउने भएका छन् । जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्न आजबाट सुरु भएको संवाद यात्राको क्रममा उनी यहाँ आउने भएका हुन् ।

उनी आउने मिति भने निर्धारण भइसकेको छैन । संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, कैलाली र कञ्चनपुर पुग्ने छन् ।

महामन्त्री थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताएका छन् ।

Exit mobile version