नेपालगन्जमा आज पनि उडान प्रभावित

नेपालगन्ज । पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लाग्दा नेपालगन्ज विमानस्थलबाट हुने उडान आज पनि प्रभावित भएका छन् । उडानका लागि आवश्यक भिजिबिलिटी नपुग्दा नेपालगन्जबाट काठमाडौ र कर्णाली तथा सुदूरपश्चिमका जिल्लामा हुने उडान ठप्प भएका हुन् ।

बिहानैदेखि आफ्नो गन्तव्यमा जान यात्रुहरु विमानस्थल पुगि सकेका छन् । तर, मौसम सुधार नहुँदा उडान प्रभावित भएपछि उनीहरु विमानस्थलमै थन्किएका छन् । हिजो पनि दिनभरि बाक्लो हुस्सु र कुहिरो लाग्दा यहाँबाट हुने सबै उडान बन्द भएका थिए । नेपालगन्ज विमानस्थलबाट काठमाडौसँगै कर्णाली र सुदूरपश्चिमका जिल्लामा ५० भन्दा बढी उडान हुँदै आएका छन् ।

Exit mobile version