सामाजिक सञ्जालमा उत्तेजित स्टाटस लेख्ने नियन्त्रणमा

नेपालगन्ज । सामाजिक सञ्जालमा धार्मिक सद्भाव बिथोल्ने र विविध जातजाति, धर्म, वर्ण, संप्रदायबीचको सूसम्बन्धलाई खलल पुर्याउने उद्देश्यले सामाजिक सञ्जालमा उत्तेजित पोस्ट गर्ने केहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सामाजिक सञ्जालमा यस्ताखालका गतिविधि भइरहेको प्रति बेखबर नभएको भन्दै केही तस्विर र भिडियोहरुको अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।

ति तस्विर र भिडियो धार्मिक सद्भाव बिथोल्ने र सम्बन्धमा खलल पुग्ने पुष्टि भएमा पक्राउ पुर्जी जारी गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए । हालसम्म दर्ता भएका उजुरी उपर बुझ्ने, प्रमाण संकलन गर्ने कार्य भइरहेको उनको भनाइ छ । उनले केही सञ्चार माध्यमले धार्मिक सद्धाव बिथोलिनेखालका समाचार प्रकाशन र प्रसारण गरेको आरोप लगाएका छन् । कतिजनालाई र ककसलाई नियन्त्रणमा लिएको भन्ने विषयमा भने प्रमुख जिल्ला अधिकारीले खुलाएका छैनन् । विविध जातजाति, धर्म, वर्ण, संप्रदायचीको सूसम्बन्धलाई खलल पुर्याउने कुनै पनि गतिविधि गर्नु/गराउनु गैरकानूनी मात्र नभएर राज्यविरुद्वको अपराध भएको उनको भनाइ छ ।

Exit mobile version