बुटवलको आफ्नै प्रतीक चिन्ह

बुटवल । बुटवल उपमहानगरपालिकाले नगर प्रतीक चिह्न प्रचलनमा ल्याएको छ । नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल-११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिह्न प्रचलनमा ल्याएको हो ।

नगरले प्रचलनमा ल्याएको प्रतीक चिह्नमा बुटवलको नेपाल-अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल सहर, तिनाउ नदीजस्ता संकेत छन् । नगर प्रवक्ता शिव रानाको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठकले करिब एक सयभन्दा बढी प्रतीक चिह्नमध्येबाट तीनवटा प्रतीक चिह्न कार्यपालिका बैठकमा पठाएको थियो ।

Exit mobile version