गायिका रचना रिमाल सवार स्कार्पियो बाँकेमा ट्रकसँग ठोक्कियो

नेपालगन्ज । नेपालगन्जबाट दाङ जाँदै गरेकाे गायिका रचना रिमाल सवार गाडीलाई विपरीत दिशाबाट आएकाे ट्रकले ठक्कर दिएकाे छ । नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो ।
उनी सवार गाडीमा केही क्षति पुगेको छ । रिमालको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकिनन् । उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी छन् । भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने उनले उल्लेख गरेकी छन् ।

Exit mobile version