बेलायतमा क्यान्सरको नयाँ औषधिको प्रयोग

काठमाडौ (एजेन्सी) । बेलायतमा क्यान्सर पीडित बालबालिकालाई केमोथेरापीको सट्टा नयाँ औषधिको प्रयोग गरेर उपचार गर्न थालिएको छ । बेलायतको आरमन्ड स्ट्रिट अस्पतालमा उपचाररत ११ वर्षीय क्यान्सर पीडित आर्थरको नयाँ पद्धतिबाट उपचार भइरहेको छ ।

क्यान्सरको नयाँ उपचार पद्धतिअनुसार औषधिजन्य झोला अर्थात् ‘ब्लीना ब्याकप्याक’ बिरामीले पिठ्युँमा बोकेर हिँड्डुल गर्न सक्नेछन् ।  यसका लागि अस्पताल जानु नपर्ने अनुसन्धानकर्ताले बताएका छन् । केमोथेरापीले ठिक नभएका तर त्यसको असरले कमजोर भएका बिरामी आर्थरलाई नयाँ उपचार पद्धति ‘ब्लीना ब्याकप्याक’ दिन थालिएको हो । वयस्कहरुको भने यसअघि नै यो पद्धतिबाट उपचार हुन थालिसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । तर बालबालिकाका लागि यो उपचार बढी प्रभावकारी र उपयुक्त रहेको विज्ञले बताएका छन् । नयाँ औषधि इम्युनोथेरापीमा आधारित छ । यसले क्यान्सर भएका कोशिकाको पहिचान गर्छ र शरीरमा रहेको प्रतिरोधात्मक क्षमताले त्यसलाई नष्ट गर्छ ।

यसले स्वस्थ कोशिकालाई असर पुर्याउँदैन । तर, केमोथेरापीले शरीरका स्वस्थ कोशिकाको पनि नष्ट गर्ने खबरमा उल्लेख छ ।

Exit mobile version