पर्यटनको नयाँ ढोकाः नेपालगन्जबाट मानसरोवरका लागि माउण्टेन फ्लाइट परीक्षण उडान

नेपालगन्ज । नेपालगन्जबाट मानसरोवर दर्शनका लागि आज माउण्टेन फ्लाइट परीक्षण उडान गरिएको छ । मौसम प्रतिकूलताका कारण शनिबारबाट प्रभावित भएको उक्त फ्लाइट आज बिहान श्री एयरलाइन्सले उडान भरेको हो ।

यो नेपालगन्जको लागि ठूलो अवसर भएको पर्यटन व्यवसायीहरु बताउँछन् । ‘फ्लाइटले उडान भरेको छ,’ नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘यो सफल भयो भने पर्यटनसँगै यहाँको आर्थिक गतिविधिमा महत्वपूर्ण उपलब्धि हुन्छ ।’ यसले यहाँको पर्यटन क्षेत्रमा केही आशा जगाएको उनको भनाइ छ ।

यो उडान परीक्षण सफल भएमा भारतीय पर्यटकहरु मानसरोवर दर्शनका लागि माउण्टेन फ्लाइट गर्न आउने उनी बताउँछन् ।

Exit mobile version