लागूऔषधसहित दुईजना पक्राउ

नेपालगन्ज । लागूऔषध ब्राउन सुगरसहित बर्दिया प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मधुवन-६ शान्ति टोलका ३७ वर्यीष मेहडी हसन अन्सारी र वडा नम्बर ८ का २९ वर्षीय प्रकाश सुनारलाई प्रहरीले आज पक्राउ गरेको हो । शान्ति टोलमा रहेको अन्सारीको घरबाट तीन सय ९० मिलिग्राम लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जनाए ।

Exit mobile version