दुर्घटना न्यूनीकरणका लागि ई-रिक्सामा  कडाइ

नेपालगन्ज । ई-रिक्साबाट हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि बाँकेमा सुरक्षा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीको संयुक्त प्रयास उक्त सतर्कता अपनाउन थालिएको हो ।

नेपालगन्जमा सयौं संख्यामा ई-रिक्सा सञ्चालनमा छन् । अव्यवस्थित र असुरक्षित ढंगले ई-रिक्सा सञ्चालन हुँदा यहाँ दुर्घटनाको जोखिम बढेको छ । यसलाई न्यूनीकरण गर्न प्रयास सुरु गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । यहाँ सञ्चालन हुने ई-रिक्सामा यात्रुलाई एकतर्फि चढ्न र झर्नका लागि ई-रिक्साको दाहिनेतर्फ फलामको डण्डी राखिएको छ ।

यसले यात्रु झर्दा र चढ्दा दुर्घटनाको जोखिम कम हुने बताइएको छ । दुवैतर्फबाट चढ्ने र झर्ने हुँदा अप्रिय घटना हुन सक्ने भएकाले यस्तो अभियान चलाइएको प्रहरीले जनाएको छ । १४ र १५ गते दुई दिनमा ९० वटा ई-रिक्सामा यात्रुलाई एकतर्फि चढ्न र झर्नका लागि ई-रिक्साको दाहिनेतर्फ फलामको डण्डी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Exit mobile version