दक्षिण सुडान अबेई आक्रमणः ५२ जनाको मृत्यु, नेपाली टोली सुरक्षित

A person receives help as locals gather at a UN peacekeeper camp following deadly attacks, in Dokura, Abyei region, Sudan-South Sudan border area, in this still image obtained from a social media video released January 28, 2024. Video obtained by Reuters THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY. NO RESALES. NO ARCHIVES

एजेन्सी । दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका एक सदस्यसहित ५२ जनाको ज्यान गएको छ । आक्रमणमा अरु ६४ जना घाइते भएका छन् ।

सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण गरेका अबेईका सरकारी अधिकारीलाई उद्धृत गरी रोयटर्सले जनाएको छ । जग्गाका कारण विवाद बढ्दै जाँदा आक्रमणको घटना भएको खबरमा उल्लेख छ । दक्षिण सुडान र सुडान दुवैले अबेईमाथि अधिकार दाबी गर्छन् । सन् २०११ मा दुई देशबीच विभाजन भएयता यस क्षेत्रको विवाद अझै समाधान हुन सकेको छैन । अबेई क्षेत्रमा खटिएको संयुक्त राष्ट्र संघीय सुरक्षा बलले अस्ति भएको आक्रमणमा घानाका एकजना शान्ति सेनाको ज्यान गएको जनाएको छ ।

साम्प्रदायिक दंगा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर यो आक्रमणमा नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

Exit mobile version