पर्यटन बोर्डले साइकल पर्यटनलाई सघाउने

नेपालगन्ज साइकल फेस्टिवलसँगै आयोजना हुने टूर दि ठाकुरद्वारलाई पर्यटन प्रवद्र्धनमा राम्रो भूमिका खेलेको भन्दै नेपाल पर्यटन बोर्डले सहकार्य गर्ने भएको छ ।

नेपालगन्जमा साइकल अभियानमा कृयाशिल संस्था नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा माघ २५–२७ गते आयोजना गरिन लागेको आयोजनाका लागि बोर्डले सहकार्यको प्रतिबद्धता जनाएको इभेन्ट डाइरेक्टर सतिश निरौलाले जानकारी दिए ।

‘कार्यक्रमको ६० प्रतिबत तयारी पुरा भैसकेको छ,’ आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले दैनिक नेपालगन्जसँग भने – हामीले लगभग ७० प्रतिशतबढीको श्रोत ब्यबस्थापनको टुंगो पनि लगाइसकेका छौं ।’ उनले कार्यक्रममा दर्जनबढी संघ ÷ संस्था तथा कार्यालयहरुका साथै बाँके र बर्दियाका स्थानीयको समेत साथ रहने विश्वास व्यक्त गरे ।

नेपालगन्ज उद्योग बाणिज्य संघले नेपालगन्ज साइकल उत्सवलाई सघाउने प्रतिबद्धता जनाएको क्लब सचिव इन्द्र गिरिको भनाइ छ । ‘स्थानीय स्तरमा समेत यस कार्यक्रमका बारेमा चासो बढेको छ,’ इभेन्ट डाइरेक्टर निरौलाले कार्यक्रममा हातेमालो गर्न बाँके र बर्दियाका पर्यटन सम्बद्ध सबैलाई अपिल गरिएको जनाउँदै भने, ‘नेपालगन्ज र ठाकुरबाबालाई जोड्दै सिङ्गो बाँके र बर्दियाको पर्यटनलाई उजागर गर्ने गरि निरन्तर रूपमा आयोजना गरिदै आएको देशकै ठुलो साइकल उत्सव भएको हुँदा यसमा सबै पक्षको हामीले सहयोग को अपेक्षा गरेका छौं ।’

अध्यक्ष सापकोटाका अनुसार, ३०० जना साइकल यात्रीहरुको सहभागिता को लक्ष्य सहित तयारी थालिएको कार्यक्रममा सहभागिता जनाउन देशभर र छिमेकी मुलुक भारतबाट समेत कार्यक्रममा सहभागी हुन साइकलेहरुले चासो देखाएका छन् । कार्यक्रमलाई थप रोचक र बिशेष बनाउन केही नयाँ योजना समेत चाडैं नै सार्वजनिक गर्ने आयोजक नेपालगन्ज साइक्लिङ क्लबले जनाएको छ ।

Exit mobile version