नक्कली नोटसहित श्रीमान्श्रीमती पक्राउ

सर्लाहीको मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट एक हजार रूपैयाँ दरको दुईवटा नक्कली नोटसहित श्रीमान्श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-९ का नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुनलाई पक्राउ गरेको हो ।

उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा बाद-विवाद भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Exit mobile version