जुम्लामा हिमपात

जुम्लामा यो वर्षको पहिलो हिमपात सुरु भएको छ । बुधबार साँझ एक्कासि बादल लागेर रातिदेखि हिउँ पर्न थालेको हो । हिमपात भएपछि चिसो अत्यधिक बढेको छ ।

हिउँ पर्दा किसानहरू खुसी छन् । भर्खर स्याउ बगैंचा व्यवस्थापन गरेका चन्दननाथ ८ का भैरवबहादुर धरालाले अब बगैंचा सप्रने आशा पलाएको बताए । हिउँ नपर्दा पातारासी,काञ्जिरोवा,भुरीचुला,चिमारामालिका लगायतका हिमालहरू कालापत्थर बनेका थिए । हिउँदेबाली सुकेर सोत्तर भएको थिए ।

स्थानीय कर्णबहादुर बुढाले उच्च क्षेत्रमा आधा फिट र तल्लो भागमा पाँच इन्चसम्म हिउँ परेको बताए ।

Exit mobile version