नेपालगन्जमा हल्का वर्षा

नेपालगन्जमा अहिले हल्का वर्षा भइरहेको छ । पश्चिम वायुको प्रभावका कारण नेपालगन्जलगायत देशका अन्य क्षेत्रमा पनि सामान्य वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिमाली जिल्लामा पनि बिहानैदेखि हिमपात भइरहेको छ । अस्ति पश्चिमबाट भित्रिएको पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र फेरि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको पनि महाशाखाका मौसमविद् मीनकुमार अर्यालभनाइ छ । 

Exit mobile version