माछाभित्र लागूऔषध !

काँचो माछाभित्र लागूऔषध लिएर जिल्ला कारागारमा कैदी भेट्न गएका एकजना युवक पक्राउ परेका छन् । गुलरिया नगरपालिका-२ संगमबस्तीका २२ वर्षीय विजय तिरुवालाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।

औषध मुद्दामा मधुवन नगरपालिका-९ का कमल शर्मालाई काँचो माछाभित्र लुकाई ल्याएको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी तिलकराम अर्यालले जनाए ।

पक्राउ परेका तिरुवाबाट पाँच सय २० मिलीग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

Exit mobile version