अवैध संरचना हटाउँदै नगर विकास

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बनाइएका अवैध संरचना भत्काइने भएको छ । नगर विकास समितिले आफ्नो स्वामित्त्वमा रहेको जग्गामा निर्माणभएका सबै अवैध संरचना भत्काउने भएको हो ।

समितिले ३५ दिनभित्र हटाउन अन्तिमपटकका लागि भनेर सूचना निकालेको छ । सुर्खेत उपत्यका नगर विकास समितिको जग्गा वर्षैदेखि अवैध भोग चलन गर्दै आएका थिए । नगर विकास समितिसँग सस्तोमा भाँडा लिएर व्यवसायीहरूले संरचना बनाएर लाखौं रकम भाँडा असुल्ने गरेका थिए । नगर विकास समिति आफ्नो जग्गा प्राप्तिको लागि कडा देखिएपछि व्यवसायीहरू फेरि शक्तिको खेलमा लागेका छन् ।

सुर्खेत नगर विकास समितिको पुस १८ गते बसेको बैठकको निर्णयअनुसार वीरेन्द्रनगर नगरपालिका-६, गोदाम क्षेत्र, साल्ट ट्रेडिङ्गदेखी उत्तर एमाले पार्टी कार्यालयसम्म, पश्चिममा गंगामाला पाउरोटी उद्योगदेखी पूर्व उत्तरतर्फ घण्टाघरदेखि दक्षिणतर्फ मध्यपश्चिम विश्वविद्यालयदेखि पश्चिमतर्फका स्थानहरूमा रहेका सबै अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचनाहरू हटाउने भएको हो। समितिको जग्गामा सयौँ संरचना बनेका छन् ।

Exit mobile version