नेपालगन्जका दुईजना पत्रकार सम्मानित हुँदै

लुम्बिनी प्रदेश सरकारले नेपालगन्जका दुईजना पत्रकारलाई सम्मानित गर्ने भएको छ । नागरिक दैनिकका अर्जुन ओली र गोरखापत्र दैनिकका सिराज खानलाई सिर्जनशिल पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने भएको हो ।

हिजो लुम्बिनी प्रदेशको मन्त्रिस्तरीय बैठकले नेपालगन्जका दुईजनासहित लुम्बिनीका १३ जना पत्रकारलाई सम्मानित गर्ने निणर्य गरेको हो । १२ जना सिर्जनशिल पत्रकारिता पुरस्कार र कृष्णप्रसाद घिमिरेलाई अग्रज पत्रकारिता पुरस्कारबाट सम्मानित गर्न लागिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

उनीहरुलाई माघ २१ गते प्रदेश स्थापना दिवसको दिन पुरस्कार वितरण गरिनेछ ।

Exit mobile version