जिप न्यूट्रलमा छाडेर पसलमा जाँदा दुर्घटना, २ को मृत्यु

चालकले बीच बाटोमा जिप न्यूट्रलमा छाडेर पसलमा गएका बेला दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान-२ को उपल्लो ढाकाबाङस्थित थापाडाँडामा लु१ज १६७९ नम्बरको जिप दुर्घटना भूमिकास्थान-२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क ८ छापडाँहडाका डेमकला बेल्वासेको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा दुईजना गम्भीर घाइते भएका वडाध्यक्ष भोजराज खनालले जनाए । घाइते पाणिनि गाउँपालिका-१ कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेलको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले शनिबार बिहान करिब ६:३० बजेतिर ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप चालकले बीच बाटोमा न्यूट्रलमा छाडेर पसलमा गएको बेला दुर्घटना भएको बताए । जिप करिब दुई सय मिटर तल झरेको उनले जानकारी दिए ।

Exit mobile version