आजको मौसम कस्तो छ ?

आज मौसम आंशिक बदली हुने र भोलिदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि पानी पर्ने सम्भावना रहेको र पर्सिदेखि यो प्रणालीको असर क्रमशः कम हुँदै जाने पनि उनको भनाइ छ । गएको बुधवार पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँगै पहाडी भेगका केही ठाउँमा वर्षा र हिमपात भएको थियो ।

Exit mobile version