भूमिहीनलाई जग्गा उपलब्ध गराउन नाँपजाँच

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि गुल्मीमा जग्गा नाँपजाँच कार्य सुरु गरिएको छ । मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा जग्गा नाँपजाँचको काम सुरु भएको हो ।

मुसिकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकामा पहिलो चरणको नाँपजाँच कार्य सम्पन्न भएको र चेकजाँचको साथमा प्रमाणीकरणको कार्य भइरहेको जिल्ला अध्यक्ष राम मल्ल ठकुरीले जानकारी दिए । यस्तै, चन्द्रकोट गाउँपालिकामा नाँपजाँचको काम भइरहेको उनको भनाइ छ । जिल्लाका १० स्थानीय तहमा  निस्सा वितरण गरिएको जिल्ला समितिले जनाएको छ । रेसुङ्गा नगरपालिका र इश्मा गाउँपालिका बाहेकका स्थानीय तहमा निस्सा वितरणको कार्य सम्पन्न भइसकेको जिल्ला अध्यक्ष ठकुरीले बताए ।

१० स्थानीय तहमा कूल एक हजार तीन सय ८० लाभग्राहीलाई निस्सा वितरण गरिएको सदस्य सीता बलालले जानकारी दिइन् ।

Exit mobile version