सकियो श्रीराम कथा

श्रीराम कथा ज्ञानयज्ञ बारबर्दिया नगरपालिका ३ बेलवाबज्जामा सात दिवसीय ज्ञानयज्ञ कथाको अन्तिम दिन विशेष महत्वको कार्यक्रम हुदै कथामा सहभागीहरु ।

मेनका चौधरी
बर्दियाको बारबर्दियामा आयोजित श्रीराम कथा ज्ञानयज्ञ सकिएको छ । गत माघ १५ गतेदेखि सुरु भएको ज्ञानयज्ञमा विभिन्न धार्मिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।
बारबर्दिया नगरपालिका नगर प्रमुख छबिलाल थारुले उद्घाटन गरेपछि सुरु भएको धार्मिक महायज्ञ समापनको दिन सोमबारसम्म श्रीराम कथा ज्ञानयज्ञ कथा बाचन कथा व्यास साध्वी सुश्री रुपेश्री भारतीजीले कथावाचन गरेका थिए ।
हजारौं श्रद्धालुहरुले यानयज्ञका क्रममा कथाश्रवण गर्नुका साथै धार्मिक कार्यक्रमहरु सहभागिता जनाएका थिए ।

Exit mobile version