कोरोना र आर्थिक संकटले थिचेको चलचित्र क्षेत्रलाई करको भारि

कोभिड-१९ (कोरोना भाइरस) ले चलचित्र घरअर्थात् सिनेमा हल ठप्प भए । सबैभन्दा ठूलो मार खेप्नेमध्यको क्षेत्र चलचित्र पनि एक हो । कोरोना भाइरसपछि सामान्य बन्दै गएको बजार चलचित्र क्षेत्र पुरानै लयमा फर्किने अपेक्षा थियो । रुस-युक्रेन युद्धपछि चुलिएको आर्थिक संकट नेपालगजस्तो अविकसित देशमा नराम्री देखियो । यसले उठ्न थालेको चलचित्र क्षेत्र पुनः थलियो । यसको व्यापार घाटा निर्मातासम्म मात्र सीमित भएन हल सञ्चालकदेखि कलाकारसम्म पुग्यो ।

अहिले आर्थिक संकटकै बीच चलचित्र क्षेत्रमा केही आशा जाग्ने देखिएको छ । तर, सरकारले यसलाई फेरि निमोठ्ने गरी कर वृद्धि गर्दा चलचित्र क्षेत्रको ढाड सेकिएको छ । अहिले यसको विरोध भइरहेको छ । सरकारले संकटमा परेका बेला सहयोग गर्नुको साटो करको भारि थुपारेर चलचित्र क्षेत्रलाई अन्याय गरेको चलचित्रकर्मीहरुको भनाइ छ । यसकै विरोधस्वरुप आज देशभरिका सिनेमा हल बन्द भएका छन् । नेपालगन्जका दुईवटा हल पनि बन्द छन् । मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरु नलगाउने संहिताविपरीत चलचित्र विकाश शुल्क, स्थानीय मनोरञ्जन करलगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरुको खारेजीको माग गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पश्चात् नेपाली चलचित्र क्षेत्र धराशायी भएको व्यहोरा सर्वविदितै छ । चलचित्र विकाश बोर्ड स्थापना हुनु पूर्व मुलुकमा करिब चार सय ५० चलचित्र घरहरु सञ्चालनमा थिए भने मौजुदा अवस्थामा मुलुकभर करिब एक सय ५० संख्यामा चलचित्र घरहरु सञ्चानमा छन् । सञ्चालनमा रहेका चलचित्र घरहरुको व्यवसाय शून्यप्रायः छ ।

चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएकाले विरोध जनाइएको सिने रोयल नेपालगन्जका सिओओ रितेश श्रेष्ठले बताए । धाराशायी भएको चलचित्र क्षेत्रलाई सरकारले निरासा पारेको उनको भनाइ छ । नेपालगन्जमा सामान्यतया दैनिक १५ वटासम्म सो प्रदर्शन हुन्छन् ।

चलचित्र विकास बोर्ड स्थापना हुँदा देशभरि करिब चार सय ५० चलचित्र घर थिए । आर्थिक संकटका कारण धेरै बन्द छन् । अहिले एक सय ५० जति चलचित्र घर मात्र सञ्चालनमा छन् ।

Exit mobile version