ओठको स्याहार यसरी गर्नुस् 

ओठलाई गुलाबी बनाउन र कालोपन टाढा राख्न ताजा र शुद्ध घिउ पनि लगाउन सक्नुहुन्छ । मह र चिनी मिक्स गरेर ओठमा लगाउनुस् र मसाज गर्नुस् । सीधै महले मसाज गर्दा पनि सुक्खापन हट्छ । पानी प्रशस्तै पिउनुस् ।

– एलोभेरा जेलमा थोरै मह मिलाएर ओठमा मसाज गर्नुस् । १० मिनेटपछि धुनुस् ।

–  लिपस्टिक लगाउनुअघि लिप बाम लगाउनुस् । गुणस्तरीय लिपस्टिक मात्रै प्रयोग गर्नुस् ।

–  सुत्नुअघि लिप मेकअप निकालेर सुत्नुस् ।

–  ग्लिसिरिनको आधा बोतलमा दुईवटा कागती मिसाएर राख्नुस् । यसलाई दिनमा धेरैपटक ओठमा लगाउनुस् ।

–  गुलाफको थोरै पत्तालाई थोरै दूधमा रातभर भिजाएर राख्नुस् । बिहान यसको पेस्ट तयार गरेर ओठमा लगाउनुस् । १०-१५ मिनेट राखेपछि धुनुस् ।

Exit mobile version