मेयर कप : सेन्ट जेभियर्स र मोडेल फाइनलमा

मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । छात्रातर्फ मनकामना मावि, खजुरा फाइनलमा पुगेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरी र नेपालगन्ज मोडेलले कृष्ण माविलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।


धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरीलाई १–० गोलले पराजित ग¥यो । ४५ मिनेटमा आशिष सुनारले गरेको गोल नै निर्णायक भएको थियो । सेन्ट जेभियर्सका आशिष सुनार म्याद अफ द म्याच भए । उनलाई केएल दुग्गडका कार्यकारी प्रवन्धक प्रदीप छाजेडले पुरस्कृत गरे ।


अर्को खेलमा नेपालगन्ज मोडेलले कृष्ण माविलाई ट्राइबेकरमा ३–० गोलले पराजित ग¥यो । निर्धारित समयमा दुवैतर्फबाट दुई÷दुई गोल गरेका थिए । ७ मिनेटमा रब्बु मल्लको गोलबाट मोडेलले अग्रता लिएको थियो । १८ मिनेटमा कृष्ण माविका निर्मल परियारले गोल गरेर बराबरी गरे । २७ मिनेटमा योगेश शाही ठकुरीको गोलबाट पुनः मोडेलले अग्रता लियो । ४३ मिनेटमा विकाल बाह्रघरेले गोल गरेर कृष्ण माविलाई बराबरीमा ल्याए ।
ट्राइबेकरमा मोडेलका विनोद शाही, रब्बु मल्ल र रुपेश बोहराले गोल गरे । कृष्ण माविका निर्मल परियार, विशाल बाह्रघरे र विनोद सार्कीले गोल गर्न सकेनन् । मोडेलका गोकर्ण पुनमगर म्यान अफ द म्याच भए । उनलाई भेरी अस्पताल नेपालगञ्जका पूर्व मोडिकल सुपरीटेन्डेन्ट डा. बद्री चापागाईले पुरस्कृत गरे ।


छात्रातर्फ मनकामना मावि खजुरा फाइनलमा पुगेको छ । जनसेवा मावि, गिजरालाई ट्राइबेकरमा ४–३ गोलले पराजित गर्दै मनकामना फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टोलीले एक÷एक गोल गरेका थिए । मनकामनाका लक्ष्मी विकले २२ मिनेटमा गोल गरेकी थिइन् भने जनसेवाका पुष्पा कामीले ४० मिनेटमा गोल गरेकी थिइन् ।


ट्राइबेकरमा मनकामनाका स्मारिका बुढाक्षेत्री, लक्ष्मी विक, वर्षा बुढामगर र सुस्मिता रोकायले गोल गरेका थिए । संगीता पुनमगर र विनिता चलाउनेले गोल गर्न सकेनन् । जनसेवाका पुष्पा कामी, ज्योति कँडेल र विनिता विकले गोल गरेका थिए भने करुणा न्यौपाने, सदिक्षा बोहरा र दिलकुमारी रानाले गोल गर्न सकेनन् ।


अब उपाधीका लागि मनकामनाले नेपालगञ्ज मोडेल एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । छात्र र छात्रा दुवैको फाइनल खेल बुधबार हुने एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।


प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन् ।

Exit mobile version