लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १८ देखि

लुम्बिनी प्रदेशको हिउँदे अघिवेशन फागुन १८ देखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार आगामी फागुन १८ गते शुक्रबार दिउँसो ३ बजे बैठक बस्ने गरी हिउँदे अधिवेशनको प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख शेरचनले बैठक आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे बस्ने गरी प्रदेश सभाको बैठक बोलाइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले जानकारी दिए ।

Exit mobile version