द्वन्द्वका घाइतेको उपचार गर्दै लुम्बिनी प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइते तथा अपांगता भएका व्यक्तिको उपचार सुरु गरेको छ । प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग समन्वय भएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा घाइत तथा अपांग भएकाको उपचारसम्बन्धि कार्यविधि २०८० तयार गरी उपचारको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । घाइते तथा अपांगता भएका व्यक्तिले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति फोटो, जिल्ला प्रशासन कार्यालयको सिफारिस ल्याएमा उपचार गर्न पाइने उनले बताए ।

घाइते तथा अपांगता भएका व्यक्तिको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ कालागि ५० लाख बजेट विनियोजन गरेको थियो । परिवर्तनका लागि भएको जनयुद्ध तथा विभिन्न आन्दोलनमा घाइते भएका आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनु परेको भन्दै त्यसलाई मध्येनजर गरी यो कार्यक्रम सुरु गरिएको प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।

Exit mobile version