प्रतिनिधिसभा बैठक आज पनि

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्ने भएको छ । संसद सचिवालयका अनुसार बैठक आज बिहान ११ बजेका लागि तय भएको हो ।

हिजो मंगलबारदेखि बैठक सुरु भएको बैठकमा पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् । आज दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ । यसका साथै आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको हो ।

Exit mobile version