बजेट पूर्व छलफलमा व्यवसायी

नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी आ।व।को बजेट पूर्व छलफल सुरु गरेको छ । आगामी आ।व।को बजेटमा व्यवसायीहरूको विषय समेट्नका लागि सुझाव दिन विभिन्न क्षेत्रमा अगुवा व्यवसायीहरूसँग छलफल सुरु गरेको संघका महासचिव भीम बहादुर रानाभाटले जानकारी दिए ।
‘नेपाल उद्योग वाणिज्य महासंघले बजेट पूर्व सुझावका लागि पठाएको पत्र अनुसार जिल्लामा व्यवसायीहरूसँग छलफल सुरु गरेका हौं, केही चरणमा व्यवसायीसँग छलफल पछि सुझाव एकिकृत गरेर महासंघको केन्द्रमा पठाउने छौं’, महासचिव रानाभाटले भने, ‘जिल्लाहरूबाट जाने सुझाव महासंघको केन्द्रले एकीकृत गरेर सरकार समक्ष राख्नेछ ।’
उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंक धामीको अध्यक्षतामा मंगलबार भएको अन्तरक्रियात्मक छलफलमा संघका पूर्व अध्यक्ष, कृषि सम्बद्ध व्यवसायीले बजेटमा सम्बोधन हुनुपर्ने विषयका बारेमा धारणा राखेका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यले महासंघले सुझाव मागेकाले आयकर, मूल्य अभिवृद्धि कर, अन्त शुल्क, भन्सार, राजस्व अनुसन्धान, उद्योग, व्यापार, लगानी प्रवद्र्धन, सूचना प्रविधि, कृषि, पर्यटन, ऊर्जा, पूँजी बजार, बैंकि·लगायत सम्बन्धमा आ–आफ्नो जिल्लाबाट उद्योग वाणिज्य संघ मार्फत राय सुझाव दिन आग्रह गरेका छन् ।

Exit mobile version