बालसुधार गृहका बालबन्दीलाई कम्बल वितरण

बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा रहेका बालबिज्याइकर्ता (बालबन्दी) हरुलाई समस्या परेपछि ५० थान कम्बल वितरण गरिएको छ । नेपाली कांग्रेसका संघीय सांसद आशा विकको पहल र नेपाली कांग्रेसका नेत्री कमला हमालको समन्वयमा नेपाल खिष्टिय राहत सेवा समिति कुमारीपाटी, ललितपुरको सहयोगमा कम्बल वितरण गरिएको हो ।

कम्बलले बालसुधार गृहभित्र रहेका बालबिज्याइकर्ताहरुलाई केही राहत महसुस हुने बालसुधार गृहका प्रमुख श्यामबहादुर रानाले बताए ।

Exit mobile version