सिडियो र आन्दोलनरत कर्मचारीबीच भेटवार्ता हुँदै

खजुराका आन्दोलनरत कर्मचारीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसँग छलफल गर्ने भएका छन् । राष्ट्रसेवक कर्मचारीमाथि जनप्रतिनिधिले कार्यक्षेत्रमै हातपात गरेपछि उनीहरुले प्रमुख जिल्ला अधिकारी पोखरेलसँग आज केहीबेरमा भेटघाट गर्ने भएका हुन् ।

उनीहरुले कर्मचारीको सुरक्षाका विषयमा पनि छलफल गर्ने बताइएको छ । हिजो खजुरा-५ का वडाध्यक्ष गरिबे शेषले खजुराका प्राविधिक लिलाराज धामीलाई हातपात गरेका थिए । उनीहरुले आज गाउँपालिकाको कामकाज पनि प्रभावित पारेका छन् ।

Exit mobile version