सुरु भयो ‘टुर डे ठाकुरद्वारा’

बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न बाँकेको नेपालगन्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा ‘टुर डे ठाकुरद्वारा’ आज शुक्रबार विहान सुरु भएको छ ।


नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएको साइकल यात्रा बर्दियाको ठाकुरद्वारामा पुगेर समापन हुनेछ । कार्यक्रममा दुई सयभन्दाबढी साइकलयात्री सहभागी रहेको कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिएका छन् ।


आयोजक नेपालगन्ज साइक्लिङ क्लब अध्यक्ष प्रदिप सापकोटाले एक सय ४ किलोमिटर लामो यात्रा साइक्लिष्टहरुले गर्ने जानकारी दिए ।


बागेश्वरी मन्दिरबाट सुरु भएको साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्नेछ । टुर द ठाकुरद्वारा सम्पन्न गर्न करिब रु २७ लाख खर्च हुने अनुमान गरिएको छ ।


साइकल यात्रामा सहभागी हुने साइकलयात्रीमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताए ।


कार्यक्रममा प्रदेशसभा सदस्य रत्न खत्री, नेपालगन्ज नगर प्रम्ुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, बागेश्वरीका मूल महन्त चन्दननाथ योगी, साइक्लिष्टहरु लगायतको सहभागिता रहेको थियो ।

Exit mobile version