बालबालिकाबाटनै आकर्षण बढाउँदै साइकल

प्रदिप सापकोटा

अध्यक्ष

नेपालगन्ज साइक्लिङ्ग क्लब

हामीले टूर डे ठाकुरद्वारा नामाकरण गरेर चौथो संस्करणसम्म गरिरहँदा हामीलाई पनि नेपालगन्जमा साइकल उत्सव गर्नुपर्छ, नेपालगन्जलाई पनि जोड्नु पर्छ भनेर नेपालगन्ज साइकल उत्सवको कन्सेप्ट हामीले बनायौं ।

यस सन्दर्भमा साइक्लिङ्ग अभियानलाई जोडिरहँदा हामी पाको उमेरमा साइकलमा जोडिन भन्दा प्रत्यक्ष रुपमा अहिले २१औं शताब्दीको समयमा जुन प्रविधिले हाम्रा बच्चालाई च्यापेको छ, जुन कम्प्युटर प्रविधिको लतले बिगारेको छ, तिनीहरुलाई पनि मोबाइलको मोह भंग गर्नका लागि साइकल प्रति आकर्षण गराउँदै साइकल खेललाई आफ्नो जीवनमा आफ्नो पार्टमा जोडिउन् भन्ने भावनाका साथ किड्स रेसको आयोजना गरेका हौं ।

यसको पहिलो संस्करणमा जति सहभागी हुनुहुन्थ्यो अहिले त्यसको दोब्बर संख्यामा सहभागिता आएको थियो, तर हाम्रो व्यवस्थापनका कारण ३० जना मात्रै सीट सीमित गरेर हामीले आयोजना गर्नुपर्ने बाध्यता थियो । त्यसका लागि आगामी दिनमा तेस्रो संस्करणमा हामी ५०औंको संख्यामा किड्स रेसमा सहभागिता सुनिश्चित गर्छौं ।

Exit mobile version