कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री

कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री थप गर्दै मन्त्रीपरिषद् बितार गरेका हुन् ।

स्वास्थ्य मन्त्रीमा कांग्रेसका प्रदिप सनुवार, सामाजिक विकास मन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।

उनले दुई जना कांग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गरेका छन् । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला  तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ राम नियुक्त भएका हुन् । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगुलाई नियुक्त गरिसकेका छन् ।

Exit mobile version