बर्दियाका चौधरी भारतमा पक्राउ

बर्दिया मधुवन नगरपालिका-५ का अन्दाजी २९ वर्षीय रशेम चौधरीलाई भारतीय सुरक्षाकर्मी एसएसबीले पक्राउ गरेको छ । गुलरिया नगरपालिकास्थित भारतीय सिमाना लौकाही हुँदै भादापुरुवा जाने क्रममा लागूऔषधसहित एसएसबीले उनलाई पक्राउ गरेको हो ।

एसएसबीले शंका लागि जाँच गर्दा १२ ग्राम लागूऔषध जस्तो देखिने ब्राउन सुगर फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ । एसएसबीले पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि भारत उत्तरप्रदेश राज्य बहराइच जिल्लाको मोतीपुर थाना पठाएको एसएसबीले जनाएको छ ।

Exit mobile version