नेपालगन्जका चारवटा पसल कारबाहीमा

अनुगमनलाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयले आज दुईवटा पसलबाट बिक्रीका लागि राखिएको अखाद्य वस्तु नष्ट गरेको छ भने दुईवटाबाट जरिवाना असुली गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा वाणिज्य कार्यालयसमेतको सहभागितामा आज ६ वटा पसलमा अनुगमन गरिएको थियो ।

नेपालगन्ज-११ स्थित पोरेवाल किराना पसलबाट म्याद गुज्रिएका आठ लिटर कोल्ड ड्रिन्क र सोही ठाउँको चियर्स ग्यालेक्सी पसलबाट ४० बोतल म्याद गएका अर्ना बियर र चारवटा इनर्जी ड्रिन्कस् म्याद बरामद गरी नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । बिल/बिजकबिना कारोबार गर्ने मालिका कम्युनिकेशनलाई पाँच हजार र न्यू भेरी किराना स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना गरिएको उनको भनाइ छ ।

Exit mobile version