प्रधानाध्यापकलाई दुर्व्यवहार गर्ने वैद्य निकट जिल्ला संयोजक पक्राउ

अर्घाखाँची मालारानी गाउँपालिका–८ मा रहेको बालशिक्षा माविका प्रधानाध्यापक राजेन्द्रप्रसाद पन्थीलाई हातपात र अभद्र दुर्व्यवहार गरेको आरोपमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका (मोहन वैद्य) जिल्ला संयोजक हुकुम खड्का र सहसंयोजक नगेश्वर पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान घरबाट मोटरसाइकलमा स्कुलतर्फ जाँदै गरेका पन्थीलाई खड्का र पाण्डेले बीच बाटोमा रोकेर अभद्र व्यवहार गरेको प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोरले बताए । उनीहरुले पन्थीलाई अभद्र व्यावहार गरेको भिडियो फेसबुकमा राखेका थिए । पक्राउ परेका खड्का चितवन घर भएका हुन् भने पाण्डे शिक्षक पन्थीकै गाउँका हुन् । राठोरले स्कुलको जग्गामा नेता पाण्डेले छाप्रो बनाएको र त्यो टहाउन भनेको रिसमा हातपात गरेको खुल्न आएको बताए । व्यक्तिगत रिसिइबीमा शिक्षक पन्थीमाथि दुर्व्यवहार भएको उनले बताए । पक्राउपछि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्कुल जाने क्रममा शिक्षकमाथि अभद्र व्यवहार गरेको भन्द्र मालारानी गाउँपालिका कावा अध्यक्ष दिपा पोखरेल, प्रमुख प्रकासशीय अधिकृत चेतनारायण कँडेलले विज्ञप्ति निकालेर विधि, पद्धति र कानुनभन्दा माथि रहेका गरिने अराजक आपत्ति प्रकट गर्दै कानुनी कारबाही गर्न माग गरिएको छ । त्यस्तै शिक्षकका पेशागत ६ वटा संघ संगठनका विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

Exit mobile version